• १० मंसिर २०८१, सोमबार

टेबलटेनिस सङ्घको निर्वाचन शनिबार

blog

काठमाडौँ, भदौ ६ गते । लामो समयदेखि अवरुद्ध बन्दै आएको अखिल नेपाल टेबलटेनिस सङ्घको निर्वाचन शनिबार हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत निर्वाचन समितिले टेबलटेनिस सङ्घको निर्वाचन गर्न लागेको हो । 

निर्वाचनका लागि राखेपले पटक पटक तदर्थ समिति बनाउँदासमेत टेबलटेनिस सङ्घ भित्रको आन्तरिक कलहले  निर्वाचन हुन सकेको थिएन । यसअघि निर्वाचनको मिति घोषणा गरिएपनि निर्वाचन सर्दै आएको थियो । अन्नत: राखेपको सक्रियतामा निर्वाचन हुन लागेको राखेपले जनाएको छ । 

निर्वाचनका लागि राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

निर्वाचन समिति सदस्यमा सङ्घ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई तथा कानून शाखाका प्रमुख नारायणराज अर्याल रहनुभएको छ । सङ्घको निर्वाचन लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।