• ९ भदौ २०८१, आइतबार

टेबलटेनिस सङ्घमा हमाल निर्विरोध

blog

टेबलटेनिस सङ्घको अध्यक्ष बृजेन्द्रबहादुर हमाल ।

काठमाडौँ, भदौ ८ गते । अखिल नेपाल टेबलटेनिस सङ्घको चुनावी साधारण सभाले बृजेन्द्रबहादुर हमालको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

लैनचौरमा शनिबार सम्पन्न चुनावी साधारणसभाबाट सङ्घको उपाध्यक्षमा गोवर्धन श्रेष्ठ, मनोहरकुमार पोखरेल र पूर्णशंकर श्रेष्ठ, महासचिवमा कुँवेरप्रकाश सिंह, सचिवमा प्रज्ज्वलकान्त मैनाली र कोषाध्यक्षमा ज्याकी महर्जन चयन हुनुभएको छ । 

यस्तै सदस्यहरुमा शिवसुन्दर गोथे, नरबहादुर क्षेत्री, रिषिराज लहरे, नवीनबहादुर सिंह र सन्तोषकुमार पौडेल निर्वाचित हुनुभयो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गर्नुभएको थियो । 

सो अवसरमा सदस्य सचिव घिसिङले नयाँ कार्यसमितिले चार वर्षका लागि ठोस कार्य योजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको थियो ।