• ९ भदौ २०८१, आइतबार

म्यानचेस्टर सिटी र आर्सनल विजयी

blog

गोल गरेपछि म्यानचेस्टर सिटीका खेलाडी ।

काठमाडौँ, भदौ ९ गते । म्यानचेस्टर सिटी र आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले इप्सबिच टाउनलाई ४–१ गोलले हरायो । अर्को खेलमा आर्सनलले एस्टर्न भिल्लालाई उसैको मैदानमा २–० गोलले स्तब्ध बनायो ।

सिटीको जितमा एर्लिङ हालान्डले ह्याट्रिक गर्नुभयो । अर्को गोल केभिन डी ब्रुयनले थप्नुभयो । इप्सबिचका लागि सामी स्मोडिक्सले सान्त्वना गोल गर्नुभयो । हालान्डले १२औँ, १६औँ र ८८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको हो । ब्रुयनले १४औँ मिनेटमा गोल गर्नुभएको थियो । स्मोडिक्सले सातौँ मिनेटमा गरेको सुरुवाती गोल सान्त्वना बनेको थियो ।

लगातार दोस्रो जितसँगै सिटीले ६ अङ्क बनाएको छ । दुई खेलमा हार खेपेको इप्सबिचले अङ्कको खाता खोल्न सकेको छैन । यसैगरी आर्सनललाई जिताउन लियान्द्रो ट्रोसार्डले ६७औँ र थोमस पार्टीले ७७औँ मिनेटमा गोल गर्नुभयो । दोस्रो जितसँगै आर्सनलले ६ अङ्क बनाएको छ । दुई खेलमा पहिलो हार खेपेको एस्टर्न भिल्लाको तीन अङ्क छ । 

शनिबार राति नै भएको अन्य खेलमा टोट्टनहामले एभर्टनलाई ४–०, ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई २–१, फुलहमले लेस्टर सिटीलाई समान  २१,  वेस्टहम युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० र नटिङ्घम फरेस्टले साउथह्याम्पटनलाई १–० गोलले हराएको छ । एजेन्सी