• १७ भदौ २०८१, सोमबार

फ्रेन्चाइज महिला भलिबल लिगलाई वात्सल्य नेचुरलको साथ

blog

मुख्य प्रायोजन सम्झौता पछि तस्बिर खिचाउँदै ।

काठमार्डौ, भदौ १७ गते । असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने एभरेस्ट महिला भलिबल लिग (एडब्ल्युभिएल) लाई वात्सल्य नेचुरल आइभिएफले मुख्य प्रायोजन गर्ने भएको छ ।

प्रायोजनसम्बन्धी सम्झौता पत्रमा सोमबार वात्सल्यका प्रबन्ध निर्देशक प्रशान्त सुवेदी र आयोजक इन्फिनिटी ड्रिम्स प्रालिका सिइओ स्नेभी चापागाईँले हस्ताक्षर गर्नुभयो । पहिलो पटक हुन लागेको महिला भलिबलको फ्रेन्चाइज प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

जसमा मधेश युनाइटेड, टिम काठमाडौँ, टिम चितवन, ललितपुर क्विन्स, टिम गण्डकी र टिम कर्णाली रहेको छ । सहभागी सबै टोलीले आफ्नो मार्की खेलाडी घोषणा गरिसकेका छन् । टिम गण्डकीले सरस्वती चौधरीलाई आफ्नो मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको छ । 

काठमाडौँले उषा भण्डारी, मधेशले निरुता ठगुन्ना, ललितपुरले सलिना श्रेष्ठ, कर्णालीले सुमित्रा रेग्मी र चितवनले राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीलाई मार्की खेलाडी बनाएको छ ।