• २८ मङ्सिर २०८२, आइतबार

तेस्रो पटक राष्ट्रपति रनिङ शिल्डको उपाधी रोशनीलाई

blog

अर्जुन काफ्ले 
स्याङ्जा, मङसिर २८ गते ।
पुतलीबजार नगरपालिकाको आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रोशनी आवासीय माध्यमिक विद्यालयले जितेको छ । 

१९ स्वर्ण, तीन रजत र चार कास्य पदकसहित रोशनी माविले लगातार तेस्रो पटक उपाधि जितेको हो । उपाधि जितेको रोशनी माविले उपाधिसँगै नगदसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो भने रनिङ शिल्ड कब्जा समेत गरेको हो ।

यस्तै वडा नं –६ को हिमालय माध्यमिक विद्यालयले पाँच स्वर्ण र एक रजत पदकसहित दोस्रो बनेको हो ।

यस्तै दुई स्वर्ण, पाँच रतज र तीन कास्य पपदक प्राप्त गर्दै स्याङ्जा माध्यमिक विद्यालय तेस्रो बनेको शिक्षा प्रमुख बाबुराम बरालले जानाकारी दिनुभयो । विद्यालयलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

मालेबगर खेलमैदानमा भएको प्रतियोगितामा भलिबल, एथलेटिक्स, ट्रिपल जम्प, लङ जम्प, हाई जम्प, ज्याभलिन थ्रो, सटपुट, कबड्डी लगायतका खेल समावेश गरिएको थियो ।

२४ विद्यालयबीच भएको प्रतिस्पर्धामा एक हजार २८०विद्यार्थी सहभागी रहेका थिए भने तीस स्वर्णमा प्रतिस्पर्धा भएको थियो । विजेतालाई पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले पुरस्कार वितरण गर्दै खेलकुदले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासन विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।