• १७ भदौ २०८१, सोमबार

टेबलटेनिसलाई थ्री सिक्स्टी वानको प्रायोजन

blog

सम्झौता पछि टेबलटेनिस खेलाडी र पदाधिकारी । तस्बिर : गोरखापत्र

काठमाडौँ, भदौ १७ गते । नेपाली राष्ट्रिय टेबलटेनिस र अन्तर्राष्ट्रिय खेल पोसाक निर्माण कम्पनी थ्री सिक्स्टी वानबिच सोमबार प्रायोजन सम्झौता भएको छ । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको कार्यक्रममा अखिल नेपाल टेबलटेनिस सङ्घका अध्यक्ष विजेन्द्र हमाल र थ्री सिक्स्टी वान (३६१) को नेपालका लागि आधिकारिक विक्रेता सर्वसिद्धी एपेक्स प्रालिका निर्देशक सरोज कार्कीले सम्झौतापत्र आदानप्रदान गर्नुभयो । 

सो सम्झौताअनुसार थ्री सिक्स्टी वानले नेपाललबाट जुनियर र सिनियरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खेल पोसाक उपलब्ध गराउनेछ । सो सम्झौता चार वर्षको‌ रहने बताइएको छ ।

सर्वसिद्धी एपेक्सा निर्देशक कार्कीले आफू जुनियरस्तरको टेबलटेनिस खेलाडी रहिसकेको जनाउँदै विगतमा पनि खेलाडीहरूलाई सहयोग गर्दै आएको र भविष्यमा पनि‌ निरन्तरता दिने‌ बताउनुभयो । सङ्घका अध्यक्ष हमालले नेपालको टेबल टेनिसको इतिहास यस्तो प्रायोजन पहिलो पटक भएकाले थ्री सिक्स्टी वानलाई‌ धन्यवाद दिनुभयो ।