• ११ असोज २०८१, शुक्रबार

कांस्य पदक विजेता पलेशालाई विमानस्थलमा भव्य स्वागत (फोटो फिचर)

blog

पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई त्रिभुवन विमानस्थलमा गरियो भव्य स्वागत । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, भदौ १९ गते । पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई भव्य स्वागत गरिएको छ ।

बुधबार बिहान त्रिभुवन विमानस्थलमा उहाँलाई राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुदप्रेमीलगायतले स्वागत गर्नुभएको हो ।

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्नुहुँदै कांस्य पदक जित्नुभएको थियो ।