• २७ भदौ २०८१, बिहिबार

पलेशा काठमाडौँ महानगरबाट पाँच लाख रुपियाँसहित सम्मानित

blog

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्नुहुँदै । तस्बिर : काठमाडौं महानगरपालिका

काठमाडौँ, भदौ १९ गते । पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाले पाँच लाख रुपियाँसहित सम्मान गरेको छ । 

पारा ओलम्पिकमा सहभागिता जनाएर बुधबार बिहान नेपाल फर्कनु भएकी पलेशालाई महानगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो । महानगरले पलेशाको प्रशिक्षक कविराज नेगी लामालाई पनि तीन लाख रुपियाँबाट सम्मान गरेको छ ।

पलेशा र प्रशिक्षकलाई महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख  सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसीलगायतले सम्मान गर्नुभयो । पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्नुहुँदै कांस्य पदक जित्नुभएको थियो ।


यसअघि बुधबार बिहान पलेशालाई त्रिभुवन विमानस्थलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुदप्रेमीलगायतले भव्य स्वागत गर्नुभएको हो । पलेशालाई विमानस्थलबाट नगरपरिक्रमा गराई राष्ट्रिय खेलकुद परिषद् परिसरमा सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस