• २३ भदौ २०८१, आइतबार

रवि शाही रेफ्री कमिसनको सदस्यमा चयन

blog

विश्व गोजुरियो कराते महासङ्घको रेफ्री कमिसन सदस्यमा चयन भएपछि रवि शाही ।

काठमाडौँ, भदौ २३ गते । नेपालका रवि शाही विश्व गोजुरियो कराते महासङ्घको रेफ्री कमिसन सदस्यमा चयन हुनुभएको छ । 

विश्व गोजुरियो कराते महासङ्घले अस्ट्रियामा जारी सातौँ विश्व गोजुरियो कराते प्रतियोगिताका दौरानमा शाहीलाई रेफ्री कमिसन सदस्यमा चयन गरेको हो । 

यस प्रतियोगितामा शाहीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।