काठमाडौं, भदौ २५ गते । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालको आधिकारिक बिक्रेता कामरु टे«डिङ प्रालिले सहप्रायोजन गर्ने भएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओली र कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले मङ्गलबार सहप्रायोजन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
कामकुरा निर्देशक न्यौपानेले स्पोर्ट्स अवार्डसँग पुनः सहकार्य गर्न पाएकोमा आभार व्यक्त गर्दै नेपाली खेलकुदको विकास र प्रवर्द्धन कार्यमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताउनुभयो ।
कामरु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीबाट उत्पादित सामग्रीको बिक्री वितरण गर्ने नेपालको आधिकारिक संस्था हो । सह प्रायोजक बनेवापत् केल्मी नेपालले अवार्डका लागि पोसाक सामग्री उपलब्ध गराउने छ ।
खेलाडी, खेलकर्मी र प्रशिक्षकलाई सम्मान गरिने कार्यक्रम पल्सर स्पोर्टस अवार्ड यही भदौ २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।