• २२ भदौ २०८१, शनिबार

आइटिएफ तेक्वान्दोमा लुम्बिनीको वर्चश्व

blog

विजयी खेलाडीलाई ट्रफि बितरण गरिँदै । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगन्ज, भदौ २२ गते । ‘प्रथम आमन्त्रित अन्तरप्रदेश आइटिएफ तेक्वान्दो खुला प्रतियोगिता’ मा लुम्बिनी प्रदेशले अधिकांश खेलमा पदक जितेर वर्चश्व कायम गरेको छ । 

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ मा सम्पन्न भएको सो प्रतियोगितामा खेलिएका ११ वटा तौल समुहका खेलहरुमध्ये नौ वटा तौल समुहको खेलमा प्रथम भएर लुम्बिनीका खेलाडीले वर्चस्व कायम गरेका हुन् । 

प्रतियोगिताको महिलातर्फ २१–२५ केजी तौल समुहमा लुम्बिनी प्रदेशकी राईका चौधरी पहिलो, कर्णाली प्रदेशकी स्मृति बुढा दोस्रो र लुम्बिनी प्रदेशकी कृष्णा सारु मगर तथा कर्णाली प्रदेशकी जेनिशा शाह तेस्रो हुनुभयो । 

यस्तै २६–३० केजी समुहमा लुम्बिनी प्रदेशकी दिब्या थापा पहिलो, लुम्बिनी प्रदेशकै पुष्पा थापा दोस्रो र लुम्बिनी प्रदेशकी मानुसी थापा तथा लुम्बिनीकै आरिम बिष्ट तेस्रो हुनुभयो । यसैगरी ३१–३५ केजी समुहमा लुम्बिनीकी संगिता खत्री पहिलो, कर्णालीकी सविता नेपाली दोस्रो र लुम्बिनीकै पूर्णिमा सुनार तथा कर्णालीकी कविता नेपाली तेस्रो हुनुभयो ।

त्यस्तै ५०–५६ समुहमा लुम्बिनीकी विनिता बुढा पहिलो, सुदुरपश्चिमकी रुपा धामी दोस्रो र लुम्बिनीकी प्रेरणा विष्ट तथा लुम्बिनीकी लिला घर्तीमगर तेस्रो हुनुभयो । सोही प्रकारले पुरुषतर्फ २०–२५ केजी तौल समुहमा लुम्बिनीका अर्पति कठायत पहिलो, कर्णाली प्रदेशका गौरव रोकाय दोस्रो र सुदुरपश्चिमका विपिन कुँवर तथा लुम्बिनीका श्याम खटिक तेस्रो हुनुभयो ।

३१–३५ केजी समुहमा लुम्बिनीका शुभम नेपाली पहिलो, सुदुरपश्चिमका शुभम कुँवर दोस्रो र लुम्बिनीका पारश बुढा तथा लुम्बिनीकै फल बिसी तेस्रो हुनुभयो । त्यसैगरी ३६–४० केजी तौल समुहमा लुम्बिनीका दिपेश पुन मगर पहिलो, लुम्बिनीका विकल्प बस्नेत दोस्रो र लुम्बिनीका मनोज राना तथा लुम्बिनीकै गोपाल सारुमगर तेस्रो हुनु भयो । यस्तै ४१–४५ केजी तौल समुहमा सुदुरपश्चिमका भुपेस नाथ पहिलो, लुम्बिनीका रोहन बिष्ट दोस्रो र लुम्बिनीका हिरालाल थापा तथा विप्लव राज पोखरेल तेस्रो हुनुभयो । 

त्यसैगरी ४६–५० केजी समुहमा लुम्बिनी प्रदेशका कृष्ण बाल्मिकी पहिलो, कर्णालीका गणेश ओली दोस्रो र लुम्बिनीका मेराज कसगर तथा सुदुरपश्चिमका दिनेश बहादुर बोहरा तेस्रो हुनुभयो । यस्तै ५१–५५ केजी समुहमा कर्णालीका आयुष नेपाली पहिलो, लुम्बिनीका सन्तोष बुढामगर दोस्रो र सुदुरपश्चिमका भुपेन्द्र ओली तथा सुदुरपश्चिमकै जीवन पनेरु तेस्रो हुनुभयो ।

यसैगरी ५६–६० केजी समुहमा लुम्बिनीका अर्जुन नेपाली पहिलो, लुम्बिनीकै प्रकाश आले दोस्रो र लम्बिनीका सुर्य सुनार तथा कर्णालीका नगेन्द्र सि.सि. तेस्रो हुनु भएको थियो ।