• ११ असोज २०८१, शुक्रबार

यानिकलाई युएस ओपन टेनिस उपाधि

blog

उपाधिसहित यानिक सिनर । तस्बिर : एएफपी

काठमाडौँ, भदौ २४ गते । युएस ओपन टेनिसको उपाधि विश्व नम्बर एक इटालियन स्टार यानिक सिनरले जित्नुभएको छ ।

पुरुष एकलतर्फ आइतबार राति भएको फाइनलमा यानिकले १२औँ वरियतका अमेरिकी खेलाडी टाइलर फिट्जलाई ६–३, ६–४, ७–५ ले हराउँदै पहिलो पटक यो उपाधि जित्नुभएको हो ।

यानिकको यो खेल जीवनको दोस्रो ग्रान्डसलाम उपाधि हो  । यसअघि उहाँले गत जनवरीमा अस्ट्रेलियन ओपन उपाधि जित्नुभएको थियो ।

यस्तै महिलातर्फ बेलारुसकी आर्यना साबालेन्काले च्याम्पियन बन्नुभएको छ । फाइनलमा उहाँले अमेरिकी खेलाडी जेसिका पेगुलालाई ७–५, ७–५ ले हराउनुभयो ।