• १० मंसिर २०८१, सोमबार

खेलाडीलाई व्यक्तित्व विकास तालिम

blog

काठमाडौँ, भदौ २५ गते । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले खेलाडीको व्यक्तित्व विकासलाई लक्षित गरी तालिम आयोजना गरेको छ । सङ्घले तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, भलिबल, कुस्ती, कबड्डी, पौडी र भारोत्तोलन खेलाडीलाई तालिम दिएको हो । 

ललितपुरको सातदोबाटोमा आयोजित एकदिने तालिमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गर्नुभयो । अन्तर्राष्ट्रिय खेलाडी तथा सम्भावना भएका खेलाडीहरूलाई प्रशिक्षण दिएको आयोजक सङ्घका अध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो ।

तालिममा ५० जना खेलाडीको सहभागिता रहेको थियो । खेलाडीलाई विभिन्न क्षेत्रका विज्ञले व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए ।