• १३ भदौ २०८१, बिहिबार

यो उपाधि आन्दोलनमा ज्यान गुमाएका विद्यार्थीप्रति समर्पित छ : बङ्गलादेशी प्रशिक्षक

blog

बंगलादेशका प्रशिक्षक मरुफुल हक

काठमाडौँ, भदौ १२ गते। साफ यु–२० च्याम्पियनसिपको फाइनलमा विजयी भएपछि बङ्गलादेशका प्रशिक्षक मरुफुल हकले यो ट्रफी विद्यार्थी आन्दोलनमा ज्यान गुमाएकालाई समर्पित गर्ने बताउनुभएको छ।

उहाँले नेपाली खेलाडी दबाबमा पर्दा लगातार गल्ती गरेको र त्यसका फाइदा आफ्ना खेलाडीले लिएका पनि धारणा राख्नुभयो। काउन्टर प्रयासमा गोल गर्ने रणनीति पनि सफल भएको उहाँको भनाइ छ। बङ्गलादेशका प्रशिक्षकले पहिलो गोल नै टर्निङ प्वाइन्ट रहेको उल्लेख गर्नुभयो।

पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो गोल व्यहोर्नु नै खेल टर्निङ प्वाइन्ट रहेको बताउनुभयो। 

सातदाबाटोस्थित एन्फा कम्प्लेक्स पहिलो हाफको थप समयमा फ्रिकिकमार्फत गोल बेहोरेको थियो। त्यो गोलसँगै नेपाल खेलमा १–० ले पछि परेको थियो। हारपछि नेपाली टोलीका प्रशिक्षक श्रेष्ठले अनावश्यक फाउलका कारण गोल व्यहोरेपछि नै खेलको नतिजा फेरिएको उल्लेख गर्नुभयो। त्यो गोलपछि आफ्ना खेलाडी दबाबमा परेको उहाँको भनाइ छ। सबै खेलाडीलाई गोल गर्न मात्र ध्यान नभएको र आफ्नो जिम्मेवारी अनुरूप खेलाडीले काम गर्न नसक्दा खेल गुमाउनु परेको उहाँले बताउनुभयो।

उनले पहिलो हाफमा प्राप्त अवसर पनि सिर्जना हुन नसक्दा खेलमा दबाब भएको बताउनुभयो। नेपाली टोलीका कप्तान कुशल देउवाले आफ्नो खेलाडीले वेस्ट दिने प्रयास गरे पनि योजनाअनुरूप खेल्न चुकेको बताउनुभयो।