• ९ भदौ २०८१, आइतबार

एपिएफ महिला टोली उज्वेकस्तानको नसाफसँग पराजित

blog

काठमाडौँ, भदौ ९ गते । नेपाल एपिएफ क्लबको महिला फुटबल टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणको‌ पहिलो खेलमा उज्वेकस्तानको नसाफ क्लबसँग १–० गोलले पराजित भएको छ । 

मलेसियाको लिक्सा स्टेडियममा आइतबार भएको खेलमा उज्वेकस्तानलाई जिताउन लिलीले ४९औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । अब एपिएफले बुधवार अन्तिम खेलमा मलेसियाको सबाह एफसीसँग प्रतिस्पर्धा गर्नेछ । 

एसियन फुटबल कन्फेडेरेसन(एएफसी) ले एसियामा महिला फुटबलको विकासका गर्ने उद्येश्यले वुमेन्स च्याम्पियन्स लिग गराउन लागेको हो । एपिएफले नेपालको महिला लिग च्याम्पियनको हैसियतमा छनोट खेल खेलेको हो ।