राखेप सदस्य सचिव रहने नरहने काममा भर पर्छ : मन्त्री चौधरी
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ पदमा रहिरहने या नरहने उहाँको कामले निर्धारण गर्ने बताउनुभएको छ ।
काभा महिला भलिबल : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी इरान
नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको सेमिफाइनलमा इरान प्रतिद्वन्द्वी पाएको छ ।
सन्दीप र दीपेन्द्रको टोलीको पहिलो जित
नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भ्यानकुभर नाइट्सले क्यानाडामा जारी ग्लोबल टी–२० लिगमा पहिलो जित निकालेको छ ।
विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता
विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता हुने भएको छ । यही भदौ १ गते लोमान्थाङको मुस्ताङ गल्फ क्लबमा उक्त प्रतियोगिता हुन लागेको हो ।
काभा महिला भलिबल : नेपाल इरानसँग पराजित
नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा इरानसँग पराजित भएको छ ।
बन्द प्रशिक्षणका लागि क्रिकेट टोलीको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको प्रशिक्षणका लागि खेलाडी टोलीको घोषणा गरेको छ ।
त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा रूपान्तरण गरिने
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा रूपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
खेलाडीको सुझावका आधारमा काम गर्छु : मन्त्री महर्जन
बागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलाडीको सुझावका आधारमा आफूले काम गर्ने बताउनुभएको छ ।
ग्लोबल टी–२० लिग : सन्दीप र दीपेन्द्रको टोलीको अर्को हार
नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भेनकुवर नाईट्सले क्यानडामा जारी ग्लोबल टी–२० लिगमा फेरि हार खेपेको छ ।
आर्मीमाथि एनआरटीको फराकिलो जित
न्युरोड टिम (एनआरटी) क्लबले ललित स्मृति एन्फा यु–१८ यूथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि फराकिलो जित निकालेको छ ।
पालिकाको लगानीमा रङ्गशाला निर्माण
पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले आफ्नै लगानीमा प्यारापिटसहितको फुटबल रङ्गशाला निर्माण गरेको छ ।
लक्ष्य पूरा भइसकेको छैन : कप्तान शाही
नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले भारतविरुद्धको ऐतिहासिक जितमा नै आफ्नो टोली सीमित नरहने बताउनुभएको छ ।
नेपालको महिला टोलीलाई काभा बिच भलिबल उपाधि
नेपालको महिला टोलीले काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ।
यु–१८ यूथ लिग : मनाङ मर्स्याङ्दी विजयी
मनाङ मर्स्याङ्दी क्लबले ललित स्मृति एन्फा यु–१८ यूथ लिग फुटबलमा विभागीय टोली नेपाल एपिएफ क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
काभा महिला भलिबल : नेपालको विजयी सुरुवात
नेपालले काभा महिला नेसन्स भलिबल लिगमा विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार देखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो ।
ग्लोबल टी–२० लिग : सन्दीप र दीपेन्द्रको टोली पराजित
क्यानाडामा जारी ग्लोबल टी–२० लिग क्रिकेटमा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले लगातार चौथो हार खेपेको छ ।
वर्षमा एकदिन मनाएर युवा दिवस सफल हुँदैन : मन्त्री चौधरी
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल नहुने बताउनुभएको छ ।
राष्ट्रिय र्यापिड रेटिङ्ग बुद्धिचाल शनिबार
प्याभिलियन्स चेस एकेडेमी र मित्रनगर राइजिङ्ग क्लबको सहकार्यमा शनिबार नेपाल युवा राष्ट्रिय र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
आर्मीमाथि सङ्कटाको जित
सङ्कटा क्लबले ललित स्मृति एन्फा यु–१८ यूथ फुटबल लिगमा त्रिभुवन आर्मी फुटबल क्लबमाथि जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा सङ्कटाले आर्मीलाई २–१ गोलले हरायो ।
श्रीलङ्काविरुद्ध सिरिजमा भारतको ‘क्लिन स्वीप’
श्रीलङ्काविरुद्धको टी–२० सिरिजमा भारतले ‘क्लिन स्वीप’ गरेको छ ।
ग्लोबल टी–२० लिग : रोहितको टोली फेरि पराजित
क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट लिगमा नेपालका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले अर्को हार खेपेको छ ।
प्रिन्स ओलम्पिकमा जितविहीन
नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा जितविहीन बन्नुभएको छ ।
म्याग्दीमा चार वटा फुटबल प्रतियोगिताको घोषणा
हिमाली जिल्ला म्याग्दीमा जिल्ला फुटबल संघ म्याग्दी तथा अन्य क्बलहरुको आयोजनामा भदौ र असोज महिनामा गरी चारवटा फुटबल प्रतियोगिता हुने भएका छन् ।