• १० मंसिर २०८१, सोमबार

श्रीलङ्काविरुद्ध सिरिजमा भारतको ‘क्लिन स्वीप’

blog

काठमाडौँ, साउन १६ गते । श्रीलङ्काविरुद्धको टी–२० सिरिजमा भारतले  ‘क्लिन स्वीप’ गरेको छ ।

मङ्गलबार राति भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा भारतले श्रीलङ्कामाथि सुपर ओभरमा रोमाञ्चक जित निकाल्न सफल भयो । भारतले तीन खेलको सिरिज ३–० ले जितेको हो । 

निर्धारित २० ओभरको खेलमा दुवै टोलीले समान एक सय ३७ रन‌ बनाएपछि खेल सुपर ओभरमा पुगेर सकिएको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको श्रीलङ्काले दुई रन मात्र बनाउन सक्यो । जवाफमा भारतका कप्तान सूर्यकुमार यादवले पहिलो बलमा चौका प्रहार गर्दै टोलीलाई सहजै जिताउनुभयो । 

यसअघि जितका लागि भारतले दिएको एक सय ३८ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । यस्तै पहिले ब्याटिङ गरेको भारतले पनि निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३७ रन बनाएको थियो ।

यसअघि भारतले पहिलो खेल ४३ रन र दोस्रो खेल सात विकेटले जितेको थियो । दुई टोलीबिच अब एक दिवसीय सिरिज हुनेछ ।