• २२ साउन २०८१, मङ्गलबार

नेपाल फाइनल पुग्न इरानसँग खेल्दै

blog

फाइल तस्बिर ।

काठमाडौँ, साउन २२ गते । नेपाली महिला भलिबल टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनलमा पुग्न मङ्गलबार (आज) साँझ इरानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले साँझ ५:१५ बजे दोस्रो सेमिफाइनल खेलमा इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाललाई आज इरानसँग बदला लिने राम्रो अवसर छ । यसअघि लिग चरणको प्रतिस्पर्धात्मक खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । आजै पहिलो सेमिफाइनल खेलमा भारत र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदैछ ।

भारत लिग चरणको विजेता, नेपाल उपविजेता, इरान तेस्रो र श्रीलङ्का चौथो बन्दै सेमिफाइनलमा पुगेको हो । पाँच टोली सहभागी यस प्रतियोगितामा माल्दिभ्स लिग चरणको सबै खेलमा हार खेप्दै बाहिरिएको थियो ।