• ११ मंसिर २०८१, मङ्गलबार

दुईदिने राइडको तयारी

blog

काठमाडौँ, साउन २४ गते । नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ शनिबार र आइतबार काठमाडौँदेखि चुम्लिङ्टारसम्मको दुईदिने राइड हुने भएको छ । सो राइडमा ३५ बाइकको सहभागिता रहनेछ ।

पहिलो दिन काठमाडौँबाट रिभर फुन रिजोर्टसम्म पुग्नेछ । जहाँ बाइकसम्बन्धी विविध खेल खेलाइनेछ । त्यसपछि आइतबार र्‍याफ्टिङको कार्यक्रम पनि हुनेछ । बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले हरेक वर्ष आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बाइक राइडको आयोजना गर्दै आउनुभएको छ ।

उहाँको आयोजनामा नेपालको ढोरपाटन, सिन्धुलीलगायतका भारतको सिक्किम ग्यान्टोकसम्मको राइड कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको छ । महापुरुषले छिट्टै अन्तर्राष्ट्रिय राइडको घोषणा गर्ने तयारीमा रहेको जानकारी दिनुभएको छ ।