• ११ मंसिर २०८१, मङ्गलबार

खेलाडीबारे नसोच्ने खेलकुद पदाधिकारीमाथि अप्रिय निर्णय लिन्छु: मन्त्री चौधरी

blog

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडी ।

काठमाडौँ, साउन २३ गते।  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई स्वदेशमै जीवनयापन गर्नसक्ने वातावरण बनाउने गरी सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाउनुभएको छ।

बुधबार त्रिपुरेश्वरस्थित कार्यालयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निः वर्तमान उपाध्यक्ष शिव कोइरालाको बिदाइ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले खेलाडीका जुन देशमा राम्रो काम गर्न सकिँदैन, सेवा, सुविधा दिन सकिँदैन त्यस देशबाट प्रतिभावान् खेलाडी पलायन भइरहने बताउनुभयो। उहाँले सक्षम खेलाडीलाई कसरी नेपालमा रोक्ने, उनीहरूलाई केके सुविधा दिँदा जीविका चलाउन सहज हुन्छ भन्नेबारेमा सरकारले आवश्यक काम गर्ने पनि बताउनुभयो। 

उहाँले खेलाडीहरूका लागि भन्दा आफ्ना लागि बढी सोच्ने मन्त्रालय मातहतका खेलकुद निकायलाई अप्रिय निर्णय लिने चेतावनी दिनुभयो। उहाँले सरकारले उत्कृष्ट खेलाडीहरूको वर्गीकरण गर्न लागेको जानकारी दिँदै उनीहरूका दुई सन्तानसम्मलाई कक्षा १२ सम्मको शिक्षा राम्रा विद्यालयमा अध्ययन गर्न पाउने व्यवस्था गर्न लागेको पनि बताउनु भयो। 

मन्त्री चौधरीले खेलाडीको जीवन बिमा बढाउने गरी सरकारले सोचिरहेको बताउनुभयो। उहाँले खेलाडीको स्वास्थ्य बिमाका बारेमा अस्पतालसँग कुरा भइरहेको बताउनुभयो। उहाँले खेलाडीलाई नेपाली सेना र नेपाल प्रहरीमा मात्रै जागिर दिइरहेको भन्दै अन्य क्षेत्रमा पनि जोड्ने गरी आवश्यक पहल गर्ने बताउनुभयो।