• २ माघ २०८१, बुधबार

महिला भलिबल लिगमा ६ टोली

blog

महिला लिगमा सहभागि टोलीको सार्वजनिक गर्दै आयोजक ।

काठमाडौँ, साउन २४ गते । पहिलो पटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिगमा ६ वटा  फ्रेन्चाइज टोलीको सहभागिता रहने भएको छ । 

आयोजक इन्फिनिटी डिम्स प्रालिले बिहीबार सहभागी टोली सार्वजनिक गरेको हो ।  लिगमा टिम काठमाडौँ, ललितपुर, मधेश, गण्डकी, चितवन र कर्णालीको सहभागिता रहनेछ ।

काठमाडौँको लगानी कर्तामा शरदकृष्ण टिबरेवाला, ललितपुरको अनुज एम तिमिल्सिना, अनोज रिमल र विरोचन खनाल (कोरसिंक नेपाल), मधेशको रोहित अग्रवाल र विशाल अग्रवाल, गण्डकीको सौरभ केडिया, चितवनको निम्बस होल्डिंग्स तथा कर्णालीको राजेश बगडिया र प्रतीक अधिकारी हुनुहुन्छ । 

हरेक टोलीमा नौ खेलाडी रहने र तीन जना विदेशी खेलाडी राख्न पाउने आयोजकले जनाएको छ । नेपाली खेलाडीलाई अक्सनका आधारमा ए, बी र सी श्रेणीमा विभाजन गरी एक लाख ५० हजार, एक लाख र ५० हजार रुपियाँ पारिश्रमिक प्रदान गरिने बताइएको छ । 

प्रतियोगिताको मिति र विजेता तथा उपविजेतको पुरस्कार राशि पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । लिगलाई नेपाल भलिबल सङ्घले प्राविधिक सहयोग गर्नेछ ।