• २२ साउन २०८१, मङ्गलबार

काभा महिला भलिबल : फाइनलमा नेपाल र भारत भिड्ने

blog

सेमिफाइनलमा इरानलाई पराजित गरेपछि नेपाली भलिबल महिला खेलाडी । तस्बिर : केशब गुरुङ

काठमाडौँ, साउन २२ गते । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मङ्गलबार भएको खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । नेपालले इरानमाथि २५–२१, २८–२६, २५–२० को नतिजा निकालेको हो । नेपालले इरानविरुद्ध लिग चरणमा खेपेको हारको बदला समेत लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । 

फाइनलमा नेपालले बलियो भारतसँग प्रतिस्पर्धा गर्नेछ । मङ्गलबार भएको खेलमा भारतले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतले २५–१५, २५–१६, २५–२३ को जित निकालेको थियो ।

लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको यो पहिलो पटक हो । फाइल खेल बुधबार हुनेछ ।