• ६ साउन २०८१, आइतबार

महिला एसिया कप : पाकिस्तानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

blog

काठमाडौँ, साउन ६ गते। एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ। 

श्रीलङ्काको डम्बुला स्टेडियममा टस जितेर पाकिस्तानले सुरुमा फिल्ड रोजेको हो। नेपाल र पाकिस्तानको खेल साँझ ७ः१५ बजे सुरु हुँदैछ। 

समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको छ। पाकिस्तानमाथि ऐतिहासिक जित निकाल्दै नेपाल सेमिफाइनलको ढोका खोल्न चाहन्छ। 

पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तान पहिलो जितको खोजीमा छ। समूह ‘ए’मा नेपाल र भारतले दुई दुई अङ्क जोडेका छन् भने युएई र पाकिस्तान अङ्कविहीन छन्।