• ४ साउन २०८१, शुक्रबार

महिला एसिया कप : यूएईविरुद्ध सम्झना खड्काको अर्धशतक

blog

काठमाडौँ, साउन ४ गते। एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा यूएईविरुद्ध नेपालका सम्झना खड्काले अर्धशतक बनाउनुभएको छ। टस जितेर सुरुमा फिल्ड रोजेको नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याउनेक्रममा सम्झनाले ३५ बलमा अर्धशतक पूरा गर्नुभएको हो।  उहाँले ८ चौकाको मद्दतमा ५० रन बनाउनुभएको हो। सम्झनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो अर्धशतक प्रहार गर्नुभएको हो । 

यूएईले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो।  यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान इन्दु बर्माले तीन विकेट लिनुभयो। सबनम राई, कृतिका मरासिनी र कविता जोशीले एक एक विकेट हात पर्नुभयो। 

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाउनुभयो। नेपालले १३ ओभरको समाप्तिमा नेपालले तीन विकेट बनाएर ८७ रन बनाएको छ। क्रिजमा सम्झना र रुबिना क्षेत्री हुनुहुन्छ।