• ४ साउन २०८१, शुक्रबार

महिला एसिया कप : यूएईले नेपाललाई दियो ११६ रनको चुनौती

blog

यूएईको विकेट लिएपछि खुशी मनाउँदै नेपाल । तस्बिरः क्यान

काठमाडौँ, असार ४ गते । एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा यूएईले नेपाललाई ११६ रनको चुनौती दिएको छ । 

टस जितेर सुरुमा फिल्ड रोजेको नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११५ रन बनाएको हो । 

युएईविरुद्ध सुरुमा कसिलो बलिङ गरेको नेपालले सातौ ओभर खेल्दा चार विकेट लिएको थियो । यूएईको मध्यक्रमले टिकेर खेल्दा नेपालले ११६ रनको चुनौती पाएको हो । 

यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान इन्दु बर्माले तीन विकेट लिनुभयो । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट हात पर्नुभयो । 

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाउनुभयो भने काशिभा इइडेजले २२ रन बनाउनुभयो । अब केही बेरमा नेपालले जवाफी ब्याटिङ गर्दैछ ।