• ३ साउन २०८१, बिहिबार

युरो कपमा इंग्ल्याण्डलाई हराएको स्पेनले मनायो विजयी उत्सव

blog

काठमाडौँ, साउन ३ गते । स्पेनको राष्ट्रिय टोलीले युरोपियन च्याम्पियनसिपमा आफ्नो विजयको उत्सव मनाएको छ ।

गत आइतबार राती बर्लिनमा भएको खेलमा इङ्ल्याण्डलाई २–१ ले हराएर प्रतियोगितामा सात वटै खेल जितेको टोली म्याड्रिडको बराजास विमानस्थलमा पुगेको थियो ।

खेलाडीहरूलाई स्पेनको राजधानीको बाहिरी भागमा रहेको पलासियो डे ला जर्जुएलामा ड्राइभ गर्नुअघि आराम गर्न होटलमा लगिएको थियो राजा फिलिप र शाही परिवारको बधाई प्राप्त भएसँगै उनीहरुले उत्सव मनाएका हुन् । त्यसपछि उनीहरु स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजलाई भेट्न गएका थिए । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल