दीपक र सुष्मा एनएनआइपिए सर्वोत्कृष्ट वर्ष खेलाडी
एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङ एनएनआइपिए वर्ष–२०७९ को सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।
एरिका र विप्लव युएसए ओपन कराते खेल्दै
युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एसियाडकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गर्नुहुने भएको छ ।
आयरल्यान्डसँगको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी
आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा पहिलो जितसँगै नेपालले सिरिजमा १–० को अग्रता लिएको छ ।
धरानले जित्यो चाँगे माछापोखरी गोल्डकप उपाधि
आइतबार भएको फाइनलमा डाँडाबजार धनकुटालाई पराजित गर्दै मरिक फुटबल क्लब धरानले आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । डाँडाबजार धनकुटालाई २–० गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो ।
उद्योग वाणिज्य सङ्घलाई मैत्रीपूर्ण फुटबल उपाधि
‘भ्रष्टचारविरुद्ध मेरो १ गोल’ नारासहित गत चैत्र ७ गतेदेखि नेपालगन्जमा जारी विभिन्न पेशाकर्मीहरु बिचको मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताको ट्रफी नेपालगन्ज उद्योग वाणिज्य सङ्घले उचालेको छ ।
बेगनासमा ड्रागन बोट रेस सुरु
पोखरा महानगरपालिकाको दोस्रो ठूलो ताल वेगनासमा आइतबारबाट ड्रागन बोट रेस सुरु भएको छ।
राष्ट्रिय खुला तेक्वान्दो वैशाखमा
कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता वैशाख २ गते हुने भएको छ ।
आयरल्यान्डसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
आयरल्यान्डसँग खेल्ने टी–२० र एक दिवसीय सिरिजका लागि नेपाल ‘ए’ टोलीको घोषणा भएको छ ।
रुपेशलाई बुद्धिचाल उपाधि
महालक्ष्मी नगरपालिका वडा नं. ९ को आयोजनामा संचालन भएको प्रथम वडा अध्यक्ष कप रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेस जैसवालले जित्नुभएको छ ।
दीपक र सन्तोषीलाई हाफ म्याराथन उपाधि
नेपाल आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले ‘राइट टु प्रोटिन रन’ मा हाफ म्याराथन उपाधि जित्नुभएको छ । शनिबार भएको दौडमा दीपक पुरुष तथा सन्तोषी महिलामा च्याम्पियन बन्नुभएको हो ।
एनभिए भलिबल : हेल्प नेपाल र एभरेष्ट च्याम्पियन
टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लबले आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । हेल्प नेपाल पुरुष र एभरेष्ट महिलामा च्याम्पियन बनेको हो ।
खेल क्षेत्रको विकासका लागि सोमबारबाट एक्सन लिन्छु
युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले खेल क्षेत्रसँग सम्बन्धित नियुक्ति स्वस्फुर्त र निष्पक्ष हुने बताउनुभएको छ।
गाउँको खेलकुद : रहर छ पूर्वाधार छैन
गत फागुन पहिलो साता धनकुटाको सहिदभूमी गाउँपालिका १ घंघरुमा सहिद प्रकाश थापा स्मृतिकप भलिबल प्रतियोगिता भयो।
खेलाडीको अधिकारलाई संरक्षण गर्न नीति निर्देशित काम गर्नुपर्छ
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नीति निर्देशित काम गर्नसके मात्र खेलाडीको अधिकारलाई संरक्षण गर्ने बताउनुभएको छ।
‘खेलकुदले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै’
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले खेलकुदले सङ्गठन र राज्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभएको छ ।
फिफा विश्वकप छनोट : नेपाल बहराइनसँग पराजित
बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ ।
घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता
फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।
खेलाडी सङ्घ र स्पोर्ट्स युनिर्भसबिच सम्झौता
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ र स्पोर्ट्स युनिर्भसबिच खेलाडीलाई खेल सामाग्री र पोसाक दिने विषयमा सम्झौता भएको छ ।
अध्यक्ष कपको उपाधि रामपुरलाई
रैनादेवी छहरामा सञ्चालित अध्यक्ष कपको उपाधि रामपुरले जितेको छ । रामपुर र रम्भाको बिचमा भएको प्रतिस्पर्धामा रामपुरले रम्भालाई ३–२ को सेटमा हराउँदै उपाधि हात पार्न सफल भएको हो ।
स्ववियू कप भलिबल सुरु
दाङको घोराहीमा जिल्लास्तरीय स्ववियु कप भलिबल प्रतियोगिता–२०८० सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजनामा स्ववियु कप भलिबल प्रतियोगिता सुरु भएको हो ।
नेपाल र बहराइन भिड्दै
फिफा विश्वकप–२०२६ र एएफसी एसिएन कप छनोटको दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज (बिहीबार) राति बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल बहराइनको राष्ट्रिय रङ्गशाला नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
एनभिए भलिबल : नेपाल पुलिस र एभरेष्ट क्लब फाइनलमा
विभागीय टोली नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
‘राइट टु प्रोटिन’ दौड शनिबार
नेपाल भेटनरी सङ्घको आयोजनामा तेस्रो संस्करणको ‘राइट टु प्रोटिन’ दौड शनिबार हुने भएको छ । दौडमा सात हजार १९ जनाको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रज्ञा स्मृति साइक्लिङको तयारी
तेस्रो प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार भरतपुरमा प्रज्ञा स्मृति साइक्लिङ एमटिबी क्रसकन्टी ओलम्पिक (एमटिब–एक्ससिओ) हुन लागेको हो ।