नेपाली खेलकुद चरणबद्ध रूपमा उधोगतिमा : खेलकुदमन्त्री
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद चरणबद्ध रूपमा उधोगतिमा गएको बताउनुभएको छ ।
एनभिए भलिबल : नेपाल पुलिस महिलातर्फ सेमिफाइनलमा
नेपाल पुलिस क्लब आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालमा धेरै अन्तर्राष्ट्रिय क्रिकेट आयोजनाको वातावरण बनाइदिन आग्रह
भेटका अवसरमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आइसिसीले नेपाली क्रिकेटलाई गर्न सकिने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।
‘क्रिकेट विकासमा सहयोग गर्न नेपाल आएँ’
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमण आएको बताउनुभएको छ ।
पुलिस दोस्रो जित निकाल्दै क्वार्टरफाइनलमा
विभागीय टोली नेपाल पुलिस क्लब आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
लिभरपुललाई हराउँदै युनाइटेड सेमिफाइनलमा
बलियो प्रतिद्वन्द्वी लिभरपुललाई उसैको मैदानमा अतिरिक्त समयमा ४–३ गोलले हराउँदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एनआईएमबीलाई ईशान कप उपाधि
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआईएमबी) ले आरबीबीएल ईशान कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
दोखुले जित्यो वडास्तरीय भलिबल उपाधि
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–६ नाल्बुमा सम्पन्न वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि फुङ्लिङ नगरपालिका–८ दोखुले जितेको छ ।
आयल निगम र एनआईएमबी फाइनलमा
नेपाल आयल निगम र नेपाल इन्भेष्टमेन्ट मेगा बैँक (एनआईएमबी) आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
ट्रायथलनको ‘फेमिलियराइजेसन’ कार्यक्रम
नेपाल ट्रायथलन सङ्घले आइतबार गण्डकी प्रदेस ट्रायथलन सङ्घ र कास्की जिल्ला ट्रायथलन सङ्घसँगको सहकार्यमा ‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रमको आयोजना गरेको छ ।
कुस्ती सङ्घमा कुसारी
प्रकाशकुमार कुसारीको अध्यक्षतामा नेपाल कुस्ती सङ्घको नयाँ नेतृत्व चयन भएको छ ।
साविक विजेता पुलिस र एपिएफको विजयी सुरुवात
साविक विजेता नेपाल पुलिस क्लब र एपिएफ क्लबले आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विजयी सुरुवात गरेको छ ।
सिटी एफए कपको सेमिफाइनलमा
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा अर्को प्रिमियर लिग टोली न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै सिटीले सेमिफाइनलमा स्थान बनाएको हो ।
पलेशा पारा ओलम्पिकमा छनोट
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन यसै वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने पारा ओलम्पिकमा छनोट हुनुभएको छ ।
एनआरटीलाई बुढासुब्बा गोल्डकप उपाधि
धरान–१६ स्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा एनआरटीले साङ्ग्रीला मोरङ फुटबल क्लबलाई २–१ गोलले हरायो ।
कराते महासङ्घको साधारण सभा सम्पन्न
नेपाल कराते महासङ्घले आफ्नो वार्षिक साधारण सभा केही महत्वपुर्ण योजना सहित सर्वसम्मत रुपमा सम्पन्न गरेको छ ।
आर्मीलाई टी–२० क्रिकेट उपाधि
प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
वाफ उपविजेतालाई गुरुङको १० लाख
साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यमबहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपियाँ प्रदान गर्नुभएको छ ।
आरबीबीएल इशान कप फुटसल सुरु
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा शनिबारदेखि आरबीबीएल तेस्रो इशान कप फुटसल प्रतियोगिता सुरु भएको छ ।
खेल प्रशिक्षक नै मानव तस्करीमा सक्रिय : मन्त्री विराजभक्त श्रेष्ठ
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदमा कार्यरत प्रशिक्षक नै खेलाडीसँग मोटो रकम लिएर खेलाडीलाई विदेश पलायन गराउन सक्रिय रहेको बताउनुभएको छ ।
बाबुछिरी क्लाइम्बिङको उपाधि सिर्जना र तेन्जिङको पोल्टामा
स्वर्गीय बाबुछिरी शेर्पा खुल्ला क्लाइम्बिङ प्रतियोगिताको उपाधि सिर्जना तामाङ र तेन्जिङ राईले जितेका छन् । महिला तर्फ तामाङ र पुरुष तर्फको राईले उपाधि हात पारेको हो ।
अनुशासन कायम राख्न खेलकुदमन्त्रीको निर्देशन
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफू मातहतको निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अनुशासन बनाइराख्न निर्मम हुन निर्देशन दिनुभएको छ ।
बुढासुब्बा गोल्डकप : काँकडभिट्टालाई हराउँदै एनआरटी फाइनलमा
न्यूरोड टिम (एनआरटी) धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
हिमालयन चेस एकेडेमी सञ्चालनमा
काठमाडौँको थापाथलीमा हिमालयन चेस एकेडेमी सञ्चालनमा आएको छ । एकेडेमीको बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ र नेपालको पहिलो बुद्धिचाल च्याम्पियन विकासमान लामाले उद्घाटन गर्नुभयो ।