• ११ मंसिर २०८१, मङ्गलबार

स्वर्णिम फुटसल प्रतियोगिताको उपाधि यति एफसिलाई

blog

निशा राई

धरान, जेठ १५ गते । स्वर्णिम क्लबको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित दुई दिने स्वर्णिम वि क्याटोगरि सेभेन ए साइड इन्डोर फुटसल प्रतियोगिताको उपाधि यति फुटबल क्लबले चुमेको छ ।

सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा यति एफसिले डर्वि एफसिलाई टाइव्रेकरमा २–१ गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो ।

निर्धारित समयसम्म दुवै तर्फ २–२ बराबरी गोल भएपछि खेल टाइव्रेकरमा धकेलिएको थियो । टाइवे्रकरमा यतिका दीपेन्द्र बस्नेत र प्रज्वल खनालले गोल गरे भने शैलेन्द्र नेपालको गोल गोलकिपरले रोकेका थिए । 

डर्विका अनिस चाम्लिङले गोल गरेका थिए भने रुपेश मगर र क्रिस्टोफरले गुरुङको गोल किपर प्रवेश मोक्तानले रोक्नुभएको थियो । फाइनल खेलको निर्धारित समयमा यतिका शैलेन्द्र र डव्रिका क्रिस्टोफरले आफ्नो टिमका लागि दुई दुई बराबरी गोल गर्नुभएको थियो ।

विजेता यतिले उपाधिसँगै नगद ७० हजार, ट्रफि, मेडल र प्रमाणपत्र गरे भने उपविजेता डर्विले नगद ३५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । फाइनल खेलको म्यान अफ द म्याच डर्विका क्रिस्टोफर गुरुङ घोषित हुनुभयो । उहाँले नगद १ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नुभयो । 

प्रतियोगिताभरि ७ गोल गरेका यतिका शैलेन्द्र नेपाल हाइ स्कोरर घोषित हुनुभयो । यसैगरी उत्कृष्ट गोलकिपर यतिका प्रवेश मोक्तान, उत्कृष्ट खेलाडी डर्विका निकेन राई हुनुभयो । उहाँहरूले क्रमशः नगद दुई हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नुभयो । 

विजेता तथा उपविजेता खेलाडीहरूलाई कार्यक्रमका सभाध्यक्ष स्वर्णिम क्लबका अध्यक्ष विवेक राई, कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम वेघा, धरान १० न. वडा सदस्य कृष्ण राई, स्वर्णिम क्लबका सदस्य सरोज राई, पूर्व राष्ट्रिय खेलाडी मिलन श्रेष्ठ, गोधूलि क्लबका उपाध्यक्ष सतिस केसी लगायतले वितरण गर्नुभएको थियो । 

प्रतियोगिता धरान १६ स्थित विवि फुटसल ग्राउन्डमा सम्पन्न भएको थियो । प्रतियोगितामा धरान, दमक, विराटनगर र तरहरा गरी २४ टिमले सहभागिता जनाएको थियो ।