• २३ असार २०८२, सोमबार

गर्भवतीको हेलिकोप्टमार्फत उद्धार

blog

गर्भवतीलाई हेलिकोप्टरमार्फत पठाइँदै । तस्बिरः राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, असार २२ गते । रुकुमपश्चिमको चौरजहारीबाट एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।चौरजहारी नगरपालिका –१४ की धर्मिला बिकको उद्धार गरिएको हो ।

गर्भवती अवस्थाकी धर्मिला पटक पटक बेहोस् हुने समस्याका कारण आज बिहान चौरजहारी अस्पतालमा ल्याइएको थियो । अस्पतालले तत्काल सुविधा सम्पन्न अस्पतालमा थप उपचारका लागि लैजान रिफर गरेको र आवश्यक समन्वय गरेर हेलिकोप्टरको व्यवस्था गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालले गर्भावस्थाको गम्भीर अवस्था भएकाले तत्काल सुविधा सम्पन्न अस्पताल लैजान सुझाएको थियो । त्यसपछि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय हुँदै निःशुल्क हवाई उद्धारको लागि पहल गरेको थियो । धर्मिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

गम्भीर अवस्थाकी धर्मिलाको उपचार, हेलिकोप्टर व्यवस्थापनको कार्यमा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी आफै सक्रिय भएर लाग्नु भएको थियो ।