• ३ असार २०८१, सोमबार

पीएसजीलाई फ्रेन्च कप उपाधि

blog

काठमाडौँ, जेठ १३ गते । फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । डेकाथलन एरिनामा शनिबार राति भएको खेलमा पीएसजीले लियोनलाई २–१ गोलले हरायो ।

पीएसजीको जितमा औसमाने डेम्बेले २२औँ र फावियन लुइजले ३४औँ मिनेटमा गोल गर्नुभयो। लियोनका ओ ब्रियनले ५५औँ मिनेटमा एक गोल र्फाएनुभयो । 

उपाधिसँगै पीएसजीले युवा स्ट्राइकर केलियन एम्बाप्पेको सुखद बिदाइ गरेको छ । फ्रेन्च कप उपाधि उचाले पनि पीएसजी यससिजन युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट माथि जान सकेन ।

पछिल्लो १२ संस्करणमा ११ पटक लिग च्याम्पिय बनेको पीएसजी च्याम्पियन्स लिगमा भने उपाधिविहिन रह्यो । त्यसैले युवा स्टार एम्बाप्पेले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने योजना बनाउनुभएको हो ।

अब एमबाप्पे स्पेनिस क्लब रियाल मड्रिड जाने चर्चा चलेको छ । फ्रान्सलाई सन् २०१८ को विश्वकप उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाउनुभएका एम्बाप्पेले पीएसजीबाट तीन सय आठ खेल खेल्दै दुई सय ५६ गोल गर्नुभएको छ ।

जुन क्लबका लागि सर्वाधिक गोल हो । उहाँ सन् २०१७ मा मानाकोबाट लोनमा पीएसजी आउनुभएको थियो । एजेन्सी