• ३ चैत २०८२, मङ्गलबार

बहुविवाह कसुरमा फरार पुरुष पक्राउ

blog

रेखीराम राना
तानसेन, चैत ३ गते ।
बहुविवाह गरी अदालतबाट दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रिव्दीकोट–८, का ३९ वर्षीय ढालबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको हो ।

गत २०८० असार ३ गते जिल्ला अदालतले बहुविवाह कसुरमा विकलाई दोषी ठहर गरेको थियो । सोही समयदेखि फरार रहेका विकलाई तानसेनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अदालतको फैसला अनुसार विकले ११ महिना १० दिन कैद भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी कुशल सिंह ठकुरीले जानकारी दिनुभयो ।