कविराज घिमिरे
हिले चैत ३ गते । सोमबार रातिको हावाहुरीको कारण धनकुटा सदरमुकामसहित विभिन्न स्थानमा क्षति पुगेको छ । सोमबार राती ८ बजे देखि ९ बजे सम्म करिब एक घण्टा आएको हावाहुरीका कारण सदरमुकामका केही घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै विभिन्न स्थानमा रुख ढलेका छन । रुख ढलेको कारण धेरै स्थानमा क्षती पुगेको जनाइएको छ । त्यस्तै केही घरका छाना उडाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले जानकारी दिनु भयो । धनकुटा नगरपालिकाको निगाले, कागते, सुकेपोखरी लगायतको स्थानमा समेत क्षती पुगेको छ । स्थानीय खेम थापाका अनुसार केहि घरका छाना उडाएकाे, बिजुलीको पोल लडेका छन् सदरमुकाम बाहिर पनि हावाहुरी आएकाले क्षती भएको हुन सक्ने प्रहरीको अनुमान छ । हावाहुरीको क्षति संकलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । त्यस्तै रुख ढलेर कोशी राजमार्गको धनकुटा हिले खण्डको अवरुद्ध हटाइएको छ । राजमार्गको केही स्थानमा रुख ढलेर सडक अवरुद्ध भएको थियो ।