• २ चैत २०८२, सोमबार

करेन्ट लागेर एकको मृत्यु

blog

प्रेमराज सिम्खडा

कालीकोट, चैत २ गते । कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रास्कोट नगरपालिका–८, बाँखरकोटका अन्दाजी ५० वर्षे मन बरालको करेन्ट लागेर मृत्यु भएको हो । 

डिलचाखा भन्ने वन वाख्रा चराउन गएका बेला अचानक उहाँको शरीरमा विद्युतको तार छोइएर करेन्ट लागेको स्थानीयले बताएका छन् । स्थानीय कमलप्रसाद बरालले करेन्ट लागेको जानकारी आएपछि आफूले विद्युत् हाउसमा फोन गरेर बत्ती बन्द गरिदिन अनुरोध गरेको भए पनि बरालको घटनास्थलमै मृत्यु भइसकेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले करेन्ट लागेर मान्छेको मृत्यु भएको खबर आएको र त्यसका लागि इलाका प्रहरी कार्यालय रास्कोट टोली त्यसतर्फ गएको जानकारी दिनुभयो ।