• १ वैशाख २०८३, मङ्गलबार

मनाङमा ट्रक दुर्घटना: चालकको मृत्यु

blog

दुर्घटनाग्रस्त ट्रक ।

नवीनराज कुइँकेल

लमजुङ, वैशाख १ गते । मनाङको नासोँ गाउँपालिका–३ धारापानी नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार घर भई हाल मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी बगैँचा बस्ने ३७ वर्षीय रामबहादुर गुरुङ रहेका छन् ।

मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि सिमेन्ट बोकेर बेँसीसहरबाट कोतोतर्फ जाँदै गरेको बा ६ क ०४६१ नम्बरको ट्रक मङ्गलवार बिहान १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार मृतक गुरुङको शव परीक्षण (पोस्टमार्टम) का लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मनाङ प्रहरीले जनाएको छ ।