• ३० चैत २०८२, सोमबार

प्रधानमन्त्री शाहद्वारा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

blog

बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्नुहुँदै प्रधानमन्त्री वालेन्द्र शाह। तस्बिरः प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत ३० गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहरदरबारमा आयोजित छलफल कार्यक्रममा सांसदहरूले आफ्नो क्षेत्रको समस्या र सम्बोधन गर्नुपर्ने विषयमा जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।