काठमाडौँ, चैत ३ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ५८ पैसा र बिक्रीदर १४८ रुपियाँ १८ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ ३४ पैसा र बिक्रीदर १७० रुपियाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपियाँ ८२ पैसा र बिक्रीदर १९६ रुपियाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपियाँ २७ पैसा र बिक्रीदर १८८ रुपियाँ ०३ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपियाँ ०४ पैसा र बिक्रीदर १०४ रुपियाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ८५ पैसा र बिक्रीदर १०८ रुपियाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ३८ पैसा र बिक्रीदर ११५ रुपियाँ ८५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २७ पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ४० पैसा र बिक्रीदर २१ रुपियाँ ४९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ३३ पैसा र बिक्रीदर ३९ रुपियाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ३८ पैसा र बिक्रीदर ४० रुपियाँ ५४ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५५ पैसा र बिक्रीदर चार रुपियाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ १८ पैसा र बिक्रीदर ४० रुपियाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५५ पैसा र बिक्रीदर ३७ रुपियाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ८९ पैसा र बिक्रीदर ०९ रुपियाँ ९३ पैसा , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७४ पैसा र बिक्रीदर १५ रुपियाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६६ पैसा र बिक्रीदर २२ रुपियाँ ७६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८५ पैसा र बिक्रीदर १८ रुपियाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपियाँ ७२ पैसा र बिक्रीदर ४८२ रुपियाँ ६७ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रुपियाँ ९४ पैसा र बिक्रीदर ३९२ रुपियाँ ५३ पैसा, ओमनी रियाल एकको खरिददर ३८३ रुपियाँ ३२ पैसा र बिक्रीदर ३८४ रुपियाँ ८८ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस