• ३ चैत २०८२, मङ्गलबार

महर्जन सम्मानित

blog

काठमाडौँ, चैत ३ गते । जोन्टा क्लब काठमाडौँले विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनलाई सम्मान गरेको छ । जान्टा क्लबले विश्वको सर्वच्च शिखर सगरमाथाको दुवै मोहडाबाट सफल आरोहण गरी विश्व कीर्तिमानीको पहिचान बनाउनुका साथै नेपाल शिक्षाको माध्यमले बालविवाह रोकथाम र मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएको योगदानस्वरूप महर्जनलाई सम्मान गरेको हो ।

यसै गरी यस वर्षको महिला दिवसकै अवसरमा भारतको विहारको दरभङ्गामा रहेको समर्पण मिथिलाले गरेको मातृशक्ति सम्मेलनमा पनि महर्जन सम्मानित हुनुभएको थियो ।