• ३ असार २०८१, सोमबार

ओलम्पिकमा छनोट श्यान्टु एक लाख रुपियाँबाट पुरस्कृत

blog

ओलम्पिक छनोट खेल्दै श्यान्टु श्रेष्ठ । फाइल तस्बिर

काठमाडौँ, जेठ १३ गते । पेरिस ओलम्पिक– २०२४ का लागि छनोट हुनुभएका टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठलाई एक लाख रुपियाँसहित पुरस्कृत हुनुभएको छ । 

श्यान्टुलाई खेलप्रेमी एवं समाजसेवी सुमन खड्गीले शनिबार पूर्व घोषित रकम प्रदान गर्नुभएको हो । खुशिबुँस्थित स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीमा आयोजित कार्यक्रमबिच खगड्गीले श्यान्टुलाई चेक हस्तान्तरण गर्नुभयो । 

गत वैशाख ३१ देखि जेठ २ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा पेरिस ओलम्पिकका लागि भएको दक्षिण एसियाली टेबलटेनिस छनोट प्रतियोगिताको पुरुषमा पहिलो हुँदै श्यान्टु छनोट हुनुभएको थियो ।

इतिहास रच्ने क्रममा श्यान्टुले नेपालकै संयोग कपालीलाई फाइनलमा ४–३ ले पराजित गर्नुभएको थियो । दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको उक्त प्रतियोगिताबाट समान एक एक पुरुष÷महिला खेलाडी छनोट हुने प्रावधान थियो ।

टेबलटेनिसमा छनोट चरण पार गरेर ओलम्पिक खेल्ने श्यान्टु पहिलो नेपाली टेबलटेनिस खेलाडी बन्नुभयो । समग्रमा भने श्यान्टु ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी हुनुहुन्छ। यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गर्दै ओलम्पिक खेल्नुभएको थियो । 

खेलेका थिए । श्यान्टु ओलम्पिकको विशेष प्रशिक्षणका लागि आइतबार अस्ट्रेलिया प्रस्थान गर्नुहुनेछ । उहाँले पछिल्लो दुई वर्षदेखि अस्ट्रेलियामा बसी टेबलटेनिस खेल्दै आउनुभएको छ ।