राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
हङकङमा मार्च १० देखि १३ तारिखसम्म आयोजना हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । यस सिरिजमा आयोजक हङकङ, नेपाल र पीएनजीको सहभागिता रहनेछ ।
साफ यु–१६ महिला च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार
साफ यु–१६ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १०–० गोलले पराजित भएको छ । जित्नै पर्ने खेलमा भारतसँग हार खेपेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
स्पेनिस क्लब रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुढासुब्बा गोल्डकपको तयारी पूरा
२४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफ क्लबले जित्न सफल भएको छ । बुधवार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधि जितेको हो ।
टी–२० विश्वकप तयारीका लागि सरकारले दियो पाँच करोड
अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पाँच करोड रुपियाँ सहयोग गरेको छ ।
‘थ्री वाइ थ्री’ बास्केटबल शनिबारदेखि
नेपाल बास्केटबल सङ्घको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा शनिबारदेखि हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधा समावेश गरिएको छ ।
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता ताप्लेजुङमा
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले स्थापना दिवसको अवसरमा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
नेपाली फुटबल विकासमा सहकार्यका लागि ला लिगा उत्साहित
स्पेनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो बिच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ ।
ओलम्पिक खेलाडीहरूलाई गण्डकी सरकारको मासिक पाँच हजारसहित सम्मान
गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरूलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ ।
अर्को टी–२० सिरिजको तयारीमा नेपाल
भर्खर त्रिकोणात्मक टी–२० सिरिज सकेको नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङमा आयोजना हुने अर्को सिरिजको तयारीमा जुटेको छ ।
पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
गोर्खाली आइओएफटिसीको संयोजक नियुक्त
दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को संयोजकमा तेक्वान्दो मास्टर अमूल गोर्खाली नियुक्त हुनुभएको छ ।
काठमाडौँ लगातार तेस्रो पटक च्याम्पियन
काठमाडौँ जिल्लाले १४औँ बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि मङ्गलबार जितेको छ ।
पावर प्ले र डेथ ओभरको बलिङमा चुक्यौ : कप्तान रोहित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पावर प्ले र डेथ ओभरको बलिङमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
साफ यु–१६ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै बङ्गलादेश फाइनलमा
बङ्गलादेश साफ यु–१६ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्स ललितपुरमा मङ्गलबार भएको खेलमा बङ्गलादेशले भारतलाई ३–१ गोलले हरायो ।
महिला भलिबल : एपीएफ र बागमती फाइनलमा
विभागीय टिम एपीएफ र बागमती प्रदेश प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सातौँ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु
कपिलवस्तु नगरपालिकामा सातौँ नगर स्तरीय मेयर कप प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले गर्नुभएको हो ।
टी–२० सिरिज : नेपाल फाइनलमा नेदरल्यान्ड्ससँग स्तब्ध
नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भयो ।
नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य
त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत आज भएको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामु एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कर्णाली प्रदेशका ३९ जनालाई रेफ्री तालिम
जुम्लामा कर्णाली प्रदेश स्तरीय रेफ्री तालिम सुरु भएको छ । जुम्ला जिल्ला फुटबल सङ्घ जुम्लाको आयोजनामा सात दिने प्रदेश स्तरीय रेफ्री तालिम होटल स्नोल्याण्डमा सुरु भएको हो ।
टी–२० सिरिज फाइनल : नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नुभएको हो । स्कट एडवार्ड्सको कप्तानीमा रहेको नेदरल्यान्ड्स पहिले फिल्डिङमा उत्रदैछ ।
राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप एपिएफ र सुदूरपश्चिमले जिते
विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल २०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदूरपश्चिम प्रदेशले हात पारेका छन् ।
राष्ट्रिय महिला भलिबल : एपीएफ, बागमती, लुम्बिनी र कोशी सेमिफाइनलमा
एपीएफ क्लब, बागमती, लुम्बिनी र कोशी प्रदेश प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।