विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फिफा विश्वकप–२०२६ को एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध दुई खेलका लागि प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।
नेपालले दियो नामिबियालाई १८१ रनको लक्ष्य
नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको छ ।
त्रिकोणात्मक टी–२० सिरिज : जित्नै पर्ने दबाबबिच नेपाल नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस हारेर पहिले ब्याटिङमा उत्रने भएको छ । नामिबियाका कप्तानले टस जितेर पहिले फिल्डिङ रोज्नुभएको हो ।
राष्ट्रिय महिला भलिबल : लुम्बिनी र गण्डकीले प्रतिस्पर्धा गर्दै
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुक्रबारदेखि पाल्पामा हुँदैछ । सङ्घीयता पश्चात लुम्बिनीमा हुन लागेको प्रथम संस्करणको राष्ट्रिय महिला भलिबलको उट्घाटन खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ ।
वाफ महिला फुटबल : नेपाल जोर्डनसँग टाइब्रेकरमा स्तब्ध
नेपाल वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५-३ गोलले पराजित भएको छ ।
नेपालको लक्ष्य उपाधि
घरेलु टिम नेपालले साफ महिला यु–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ । सातदोबाटोस्थित एन्फाको खेल मैदानमा हुने प्रतियोगिता शुक्रबार सुरु हुँदै छ । नेपालको महिला यु–१६ को कप्तान भूमिका बुढाथोकीले तयारी राम्रो भएकाले आफ्नो टिमको लक्ष्य नेपाललाई स्वर्ण जिताउने रहेको बताउनुभयो । उहाँले एन्फाको मैदानमा प्रशिक्षण भएको र प्रतिस्पर्धा पनि सोही मैदानमा हुने भएकाले आफूहरूलाई फाइदा हुने छ, भन्नुभयो । ‘वाफ महिला च्याम्पियनसिपमा राष्ट्रिय महिला टोलीका दिदीहरूले गरिरहेको शानदार प्रदर्शनले पनि प्रोत्साहन मिलेको छ । “हामी उपाधि जित्न नै खेल्ने छौँ,” कप्तान भूमिकाले भन्नुभयो ।
आर्मी महिला हक्कीको सेमिफाइनलमा
विभागीय टोली त्रिभुवन आर्मी क्लब जनकपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
वाइएफसी फाइनलमा
आयोजक यूथ फुटबल क्लब (वाइएफसी) छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दाङ क्रिकेट लिग : तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी
दाङको घोराहीमा जारी दाङ क्रिकेट लिग (डिसिएल–२) अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका छन् । तुलसीपुरले देउखुरी वारियर्सलाई तथा दंगाली लायन्सले पुरनधारा च्यालेन्जर्सलाई पराजित गर्दै विजयी भएका हुन ।
ऋषिङ कपको उपाधि गल्कोट नगरपालिकालाई
ऋषिङ गाउँपालिकाद्वारा यहाँ सञ्चालित चौथो ऋषिङ अध्यक्ष कपको उपाधि बाग्लुङ जिल्लाको गल्कोट नगरपालिकाले हात पारेको छ ।
खेलकुद बिमा लेख पहिलो पटक कार्यान्वयनमा
खेलकुद बिमा लेख पहिलो पटक कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बिमा गरेसँगै खेलकुद बिमा लेख पहिलोपटक कार्यान्वयनमा आएको हो ।
बर्दीबासमा राष्ट्रिय कराते प्रतियोगिता सुरु
बर्दीबासमा प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता–२०८० सुरु भएको छ । सातवटै प्रदेशका करिब १५ सय कराते खेलाडीको सहभागिता रहको प्रतियोगिताको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी बिहीबार उद्घाटन गर्नुभयो ।
‘स्पोर्ट्स कनेक्ट’ अर्को महिना
नेपाली खेल क्षेत्रको विकास गर्न सरोकारवाला निकायलाई एकै थलोमा उभ्याउने उद्देश्यले चैत अन्तिम साता काठमाडौँमा ‘स्पोर्ट्स कनेक्ट’ हुने भएको छ ।
टी–२० सिरिज : नेदरल्यान्ड्सको दोस्रो जित
नेदरल्यान्ड्सले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हरायो । यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराएको थियो ।
‘सोच बदलौँ, खुसी आफैँ मिल्छ’
कोरोना महामारीका समयमा योग र ध्यानले अलि बढी चर्चा पायो । बिरामीमा आयुर्वेदिक पद्धति अपनाउने र योग ध्यान गर्ने बानी बढ्न थाल्यो ।
वाफ महिला फुटबल : नेपाललाई इतिहास रच्ने मौका
साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल मैदानमा हुने फाइनल खेलमा आमन्त्रित टोली नेपाल र पाँच पटकको च्याम्पियन जोर्डन भिड्दैछन् ।
केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्डको तयारी सुरु
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ ।
सुदूरपश्चिम र आयोजक एकेडेमीको जित
सुदूरपश्चिम प्रदेश र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जकनपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा जित हात पारेको छ ।
अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमललाई
झापाको शिवसताक्षी नगरपालिकामा भएको झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले जितेको छ ।
सुर्खेत र हुम्ला विजयी
जुम्लामा सञ्चालित कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगितामा बुधबार को सुर्खेत र हुम्ला विजयी भएका छन् । पहिलो खेलमा सुर्खेतले मुगु जिल्लालाई ४–१ गोलले हरायो । दोस्रो खेलमा हुम्लाले जाजरकोटलाई २–० गोलले हरायो ।
विवाईसी सेमिफाइनलमा
झापाको भुटानिज रिफ्युजी क्लब (विवाईसी) बेलडाँगी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दाङ क्रिकेट लिग–२ : तुलसीपुर र घोराहीको दोस्रो जित
दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग (डिसिएल)अन्तर्गत बुधबार सम्पन्न खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन् ।
साफ यू–१६ महिला फुटबलको तयारी
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा फागुन १८ देखि २७ गतेसम्म काठमाडौँमा हुने साफ यू–१६ महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ ।
सावित्राले वाफको फाइनल नखेल्ने
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा जारी बाफ महिला च्याम्पियनसिपको फाइनल खेल्न नपाउनुहुने भएको छ ।