• ४ जेठ २०८१, शुक्रबार

नेपाल र रसियाबिच मैत्रीपूर्ण बुद्धिचाल मङ्गलबार

blog

काठमाडौँ, वैशाख १७ गते । नेपाल  र रसियाबिच मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिता मङ्गललबार हुने भएको छ । एक दिने प्रतियोगिता दरबारमार्ग स्थित होटल  याक एण्ड यतिमा हुने नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाल र रसियाका समान पाँच पाँच खेलाडीको सहभागिता रहनेछ । जसमा नेपालकोबाट नेपाल च्याम्पियन रुपेश जैशवाल, फिडे मास्टर क्षितिज भण्डारी, पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठ, क्यान्डिडेट मास्टर मिलन लामा र सजिन महर्जनले प्रतिस्पर्धा गर्नु हुनेछ ।

यस्तै रसियाबाट अलेक्जेन्दर राइज्नासेभ, भ्याल्दिमर सुमिलिन, आन्द्रि मिन्कोभ, एनातासा कालिन्चेको र युना कोलोदिन्भाले प्रतिस्पर्धा गर्नु हुनेछ ।  सोमबार महासङ्घका प्रतिनिधि र प्रतियोगिताका चिफ आर्विटर मिसोम सर्गीबिच प्रतियोगिता सञ्चालनको प्राविधिक खाका तयार गरिएको छ ।

नेपाल भ्रमणमा रहेको २० सदस्यीय बुद्धिचाल टोलीले मैत्रीपूर्ण खेलपछि सगरमाथाको बेसक्याम्प जाने र मे ८ तारिख रसियाको दुई टोलीबिच गिनिज बुक अफ वर्ल्ड रेकर्डको लागि बुद्धिचाल खेलिने नेपाल बुद्धिचाल महासङ्घले जनाएको छ ।