• ८ जेठ २०८१, मङ्गलबार

नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङ गर्दै

blog

काठमाडौँ, वैशाख १९ गते । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको तेस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ रोजेको हो । पाँच खेलको सिरिज अहिले १–१ को बराबरी अवस्थामा छ । नेपाल पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेल वेस्ट इन्डिजले १० रनले जितेको थियो । 

नेपालले तेस्रो खेलमा टोलीमा चार खेलाडी परिवर्तन गरेको छ । कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्दलाई आज आराम दिइएको छ । टोलीमा करण केसी, विवेक यादव, विनोद भण्डारी र कमलसिंह ऐरीलाई मौका दिइएको छ । 

नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसन्न आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सिरिज खेलेको हो । 

नेपाली टोली 

दीपेन्द्रसिंह ऐरी, अनिल शाह, आरिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, विवेक यादव, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।

वेस्ट इन्डिज ‘ए’ टोली 

रोस्टन चेज (कप्तान), एलिक अथान्जे, फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल र हेडन वाल्स ।