• २ असार २०८२, सोमबार

पहिरोले कालीगण्डकी काेरिडोर सडक अवरुद्ध

blog

अवरुद्ध कालीगण्डकी काेरिडोरको सडक खण्ड । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसङ्गा, असार २ गते । पहिरोले कालीगण्डकी काेरिडोर अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका–६ को बर्लवामा दिउँसो साढे १२ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादु्र सारुले जानकारी दिनुभयो ।

माथिबाट खसेको पहिरोले करिडोरको बाटो पूर्णरूपमा अवरुद्ध हुँदा गन्तव्यमा हिडेका सवारी साधन बिचबाटोमा अलपत्र परेका छन् । पहिरो निरन्तर खसिरहेकाले काेरिडोर सञ्चालन गर्न समस्या भएको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो ।