• ३ असार २०८२, मङ्गलबार

नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला ब्यायामशाला निर्माण

blog

हरित पार्कमा निमार्ण गरिएको खुल्ला ब्यायामशाला । तस्बिर : यामराज बिष्ट

यामराज बिष्ट 
पञ्चकोशी (दैलेख), असार ३ गते ।
नागरिकलाई स्वस्थ्य बनाउन नाराणण नगरपालिका – ६काडाचौर हरित पार्कमा खुल्ला ब्यायामशाला निर्माण गरिएको छ । जिल्लामा पहिलो पटक खुल्ला ब्यायामशाला निर्माणको गरिएको हो ।

नारायण नगरपालिका–६ का वडाध्यक्ष जनक न्यौपानेले नागरिकलाई शारीरिक व्याममा प्रेरित गर्नका लागि खुल्ला ब्यायामशाला निर्माण गरिएको बताउनुभयो । उहाँले नागरिकलाई शरीरलाई ब्यायामको माध्यमबाट स्वास्थ्य र स्फुर्त राख्नका लागि ब्यायामशाला निर्माण गरिएको बताउनुभयो ।  

ब्यायामशाला निर्माणका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु काठमाडौँले रकम विनियोजन गरेको थियो । हात, खुट्टा, कम्मर, घाटी, ढाड, पेटलगायत शरीरका विभिन्न अङ्गहरूको ब्यायामका लागि उपकरण जडान गरिएको छ । खुल्ला ब्यायामशाला निर्माण भएसँगै ब्यायामका लागि युवायुवतीदेखि ज्येष्ठ नागरिक लागि पुग्ने गरेका छन् ।