काठमाडौँ, असार २५ गते । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले जलवायु परिवर्तन, जैविक स्रोतहरुको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको जानकारी दिनुभयो । हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको बताउनुभयो ।
कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएको हुँदा अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्याावरण अनुकूलन प्रवर्धन र नवीन कृषि प्रणालीमा ध्यान दिनुपर्ने जरुरी रहेको बताउनुभयो । कृषिमा हरित लगानी बढाउने, नवीकरणी उर्जा, जल व्यवस्थापनमा अब संसद् र सरकारको साझा सोच र त्यो साझेदारीमा युवा नेतृत्वसँग मिलेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभयो ।
‘‘जलवायु परिवर्तन, जैविक स्रोतहरुको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले हाम्रो कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ । हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको छ । हाम्रो कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएको हुँदा हामीले अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्यावरण अनुकूलन प्रवर्धन र नवीन कृषि प्रणालीमा ध्यान दिनुपर्छ ।,’’ मन्त्री अधिकारीले भन्नुभयो, ‘‘कृषिमा हरित लगानी बढाउने, नवीकरणीय उर्जा, जल व्यवस्थापनमा अब संसद् र सरकारको साझा सोच र त्यो साझेदारीमा युवा नेतृत्वसँग मिलेर अघि बढ्नुपर्नेछ । आगामी नीति, बजेट र कार्यक्रमहरुमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बढ्नुपर्छ । आजको हाम्रो पुँजी त्यसको प्रयोगमा मात्रै उपयोग गर्नसक्छौँ ।’’
मन्त्री अधिकारीले आगामी नीति, बजेट र कार्यक्रमहरुमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बनाएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।