काबुल, असार २५ गते । एकै दिनमा दुई हजार छ सयभन्दा बढी अफगान शरणार्थी परिवारहरू स्वदेश फर्केको बख्तर न्यूज एजेन्सीले बुधबार रिपोर्ट गरेको छ । उनीहरूमध्ये अधिकांश इरानबाट फर्किएका थिए ।
मङ्गलबार स्वदेश फर्केका दुई हजार ६०४ जना अफगानिस्तान फर्केका शरणार्थी परिवारमध्ये ९८ परिवारहरू छिमेकी पाकिस्तानबाट र बाँकी सबै इरानबाट फर्केको एजेन्सीले जनाएको छ । फर्कने सबैले सिमामा अफगान अन्तरिम सरकारबाट आवश्यक सहयोग प्राप्त गरेको बताइएकोे छ । रासस/सिन्ह्वा