• १६ भदौ २०८२, सोमबार

बाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह

blog

प्रवीण कुमार शर्मा 

चन्द्रपुर (रौतहट), भदौ १५ गते । रौतहटको जंगलसहिया साझेदारी वन क्षेत्रमा  बाघ देखापरेको छ । साझेदारी  वनको जंगलसहिया  धनसर सडक क्षेत्र नजिक शनिबार बाघ  देखा परेको जंगलसहिया सव डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत विनोद जेठाराले जानकारी दिनु भयो । 

बाघ देखिएकोले  आसपासका बस्ती र यहाँ दैनिक रुपमा आवतजावत गर्ने सर्वसाधारण नागरिकहरूले  उच्च सतर्कता अपनाउनु पर्ने  उहाँले बताउनु भयो ।  बाघले जुनसुकै बेला पनि आक्रमण गर्न सक्ने भएकाले घरपालुवा जनावर  जंगल नजिक चराउन नलैजान वन अधिकृत जेठाराले  अनुरोध गर्नु भएको छ । सो क्षेत्रमा राति एक्लै हिँड्ने वा बाइकमा यात्रा गर्नेले सुरक्षामा  विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको वन अधिकृत जेठाराले बताउनु भयो ।