भलिबल विकासका लागि साढे ४६ लाख रुपियाँको अक्षयकोष
म्याग्दीमा भलिबल खेलको विकासका लागि साढे ४६ लाख रुपियाँ बराबरको अक्षयकोषको स्थापना गरिएको छ ।
बक्सिङको ओलम्पिक छनोट खेल्दै चन्द्र र अञ्जली
इटालीको मिलानमा मार्च ३ देखि ११ तारिखसम्महुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालका चन्द्रबहादुर थापा र अञ्जली तेलीले प्रतिस्पर्धा गदैँ हुनुहुन्छ ।
जितको मुखमा पुगेको नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित
नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा जितको नजिक पुगेको नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको छ ।
नेपाल नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै
नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध अहिले टस जितेर फिल्डिङ गर्ने भएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनकपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा मङ्गलबार जित निकालेको छ ।
वाफ महिला फुटबल : लेबनानलाई हराउँदै नेपाल फाइनलमा
नेपाल साउदी अरेबियामा जारी वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
तेह्रौँ संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता चन्द्रागिरिमा
तेह्रौँ पुष्पलाल स्मृति राष्ट्रिय ¥याङ्किङ ब्याडमिन्टन प्रतियोगिता चन्द्रागिरि नगरपालिकास्थित महाँकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा सुरु भएको छ । यही फागुन १९ गतेसम्म जारी रहेन सो प्रतियोगितामा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ६० जिल्ला र क्लबका दुई सय ७२ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
दाङ क्रिकेट लिग–२ : तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी
दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को दोश्रो दिन भएका खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन् ।
नविता टोयोटाको सद्भावना दूत
नौ पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिस खेलाडी नविता श्रेष्ठ टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त हुनुभएको छ ।
गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ चैतमा
वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता चैत १३ देखि १७ गतेसम्म हुने भएको छ ।
वाईएफसी सेमिफाइनलमा
आयोजक यूथ फुटबल क्लब (वाईएफसी ) पथरीशनिश्चरे छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
केपी ओली कप : जावलाखेल सेमिफाइनलमा
आयोजक केपी ओली एफसीलाई हराउँदै जावलाखेल यूथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिकोणात्मक टी–२० सिरिज : नेपाल नामिबियासँग पराजित
नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।
४० हजार दर्शक अट्ने अन्तर्राष्ट्रिय रङ्गशालाको आवश्यक : नेम्वाङ
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले काठमाडौँमा २५ देखि ४० हजारसम्म दर्शक अट्ने अन्तर्राष्ट्रिय स्तरको फुटबल रङ्गशाला बनाउन आवश्यक भएको बताउनुभएको छ ।
मुलुकलाई समृद्ध बनाउन खेलकुदको महत्त्वपूर्ण भूमिका: पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई समृद्ध बनाउन खेलकुदको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
पाँचथर गोल्डकप : बागमती सेमिफाइनलमा
प्रतिस्पर्धी पथरी फुटबल क्लब मोरङलाई हराउँदै बागमती युवा क्लब फिदिममा जारी पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भुटानीज यूथ क्लब बेलडाँगीको कठिन जित
मोरङको सिरिजङ्घा फुटबल पथरीशनिश्चरेलाई २–१ गोलले हराउँदै दमकको भुटानीज यूथ क्लब ( विवाइसी) राइजिङ ब्रदर्श सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आरबिबी एनभिए भलिबल चैतमा
आठौँ आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप चैत ३ देखि १० गतेसम्म हुने भएको छ ।
केपी ओली कप : मानेभञ्ज्याङ सेमिफाइनलमा
ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मानेभञ्ज्याङले भारतकै आईलिग टोली दिल्ली एफसीलाई ३–१ गोलले हरायो ।
लिभरपुललाई काराबाओ कप उपाधि
इङ्लिस लिग कप (काराबाओ) फुटबलको उपाधि लिभरपुलले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा लिभरपुलले चेल्सीलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।
गोर्खाली र घर्तीमगरद्वारा आइओएफटिसीमा प्रशिक्षण
गोर्खाली र घर्तीमगरद्वारा आइओएफटिदक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को १४औँ संस्करणको तयारी सुरु भएको छ ।
बागलुङलाई उपाधि
बागलुङले प्रथम सन्तोष थापा स्मृति कप भलिबल-२०८० को उपाधि जितेको छ । बागलुङले स्याङ्जालाई ३–१ को सेटमा २५–२७, २५–२०, २५–२१ र २५–२१ अङ्कले गर्दै उपाधि जितेको हो ।
एन्फा साधारण सभाबाट वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले २०८०/२०८१ को वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ । काठमाडौँमा सोमबार सम्पन्न एन्फाको साधारण सभाले २०८०/२०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको हो ।
दंगाली लायन्सको विजयी सुरुवात
नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को उद्घाटन खेलमा दंगाली लायन्स विजयी भएको छ । दाङ क्रिकेट सङ्घको आयोजनामा घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको लिगको उद्घाटन खेलमा दंगाली लायन्सले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई नौ विकेटले हरायो ।