• २७ वैशाख २०८१, बिहिबार

पत्रकार राईलाई खेलकुद मिडिया अवार्ड

blog

निशा राई 

धरान, वैशाख १५ गते । पत्रकार निशा राईला धरान खेलकुद मञ्च मिडिया अवार्ड २०८०’ द्वारा सम्मान गरिएको छ । 

शनिबार भएको नयाँ वर्ष २०८१ सालको शुभकामना आदान प्रदान कार्यक्रममा धरान खेलकुद मञ्चले पत्रकारिताको माध्यमबाट खेलकुदमा योगदान गर्ने सञ्चारकर्मीलाई पहिलो पटक अवार्ड प्रदान गरेको हो ।

साकेला पार्क धरानमा आयोजित कार्यक्रममा धरान उपमहानगरपािलकाको वडा नंं.८ को वडाध्यक्ष धन बहादुर राईले उक्त अवार्डले पत्रकार रमईलाई सम्मान गर्नुभएको हो । यसैगरी वडा  नम्बर ११ को वडाध्यक्ष लोकेन्द्र फागो र धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राई, बरिष्ठ पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासङ्घ सुनसरीको अध्यक्ष जनकऋषी राईलगायतले सम्मान पत्र र ११ हजार रुपियाँ सहित सम्मान गर्नुभएको थियो ।

सम्मानित पत्रकार राई गोरखापत्र र विजयपुर एफएममा धरानको समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ । धरानमा सबै विधाका खेलकुदको विकासका लागि खेलकुद सङ्घ, सङ्गठनहरूको प्रतिनिधित्व गर्दै छाता संस्थाको रूपमा वि.सं २०६७ सालमा खेलकुद मञ्च गठन भएको हो । 

धरान खेलकुदका धेरै विधाका केन्द्र विन्दु भए तापनि मिडियामा ओझल पर्दै आएको बताउँदै राष्ट्रिय कीर्तिमान कायम गरेका खेलाडीहरू भएका खेलकुद प्रति मिडियाको ध्यानाकर्षण गराउन मञ्चले यसपालि देखी मिडिया एवार्ड प्रदान गर्न सुरु गरेको धरान खेलकुद मञ्चको अध्यक्ष किशोर राईले बताउनुभयो ।

धरानमा मनाइँदै आएको ओलम्पिक डे यसवर्ष भव्य रूपमा मनाउने कार्यक्रम पनि तय गरिने उहाँले बताउनुभयो । यस कार्यक्रममा धरानको खेलकुदलाई अघि बढाउन वार्षिक कार्यक्रमको समेत छलफल गरिएको थियो ।  

कार्यक्रमको प्रमुख अतिथि कोशि प्रदेश खेलकुदको सदस्य सचिव हशंराज वाग्ले आउने सालको आर्थिक बजेटमा धरान खेलकुद मञ्चले गर्ने कार्यक्रममा सहयोग गर्ने बताउनुभयो ।